भक्तपुरमा दुई प्रहरी विट निर्माण सम्पन्न

Police beat

भक्तपुर । भक्तपुरको दुई छुटाछुटै स्थानमा दुई वटा प्रहरी पोष्ट निर्माण सम्पन्न भएको छ । अरनिको राजमार्ग अन्तर्गत जगातीमा जगाती प्रहरी चेकिङ पोष्ट र च्याम्हासिंहमा च्याम्हासिंह प्रहरी पोष्ट निर्माण गरिएको हो ।

दुई वटै प्रहरी पोष्टको विहीबार साँंचो हस्तान्तरण गरियो । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिका कार्यकारी उपप्रमुख कृष्ण देउपालाले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिमालयकुमार श्रेष्ठलाई साँंचो हस्तान्तरण गरे ।

इन्टरनेशल ग्रीन डेभलपर्स लगायतको सहयोगमा प्रहरी पोष्ट निर्माण गरिएको कार्यकारी उपप्रमुख देउपालाले बताए । समुदाय प्रहरी साझेदारीअन्तर्गत पोष्ट निर्माण गरिदिएको हो ।

त्यसका लागि इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिसहित मेघा इन्जिनियरिङ प्रालि, महाशक्ति इन्जिनियरिङ प्रालिले सहयोग गरेको हो । हरप्रहर गाउँं र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने नाराका साथ सरकारले समुदाय प्रहरी साझेदारी अभियान चलाउँंदै आएको छ ।

कार्यक्रममा एसपी श्रेष्ठले प्रहरी पोष्ट निर्माणका लागि सामाग्री प्रदान गरेर सहयोग गरेकामा विशेष धन्यवाद दिँदै यसबाट आफूहरुको जिम्मेबारी थपिएको महशुश गरे । उनले जनताको सेवा गरी त्यसको हिसाव चुकाइदिन मातहतका प्रहरीलाई निर्देशन दिए ।

सो कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ८ का अध्यक्ष किरण थापामगर, भक्तपुर टक व्यवसायी संघका पूर्व अध्यक्ष नविन प्रजापति, महानगरीय प्रहरी बृत जगाती भक्तपुरका प्रहरी नायब उपरीक्षक शिशु शर्मा लगायतले व्यवसायीको सहयोगले जनताको सेवामा सहयोग पुयाउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रहरी विट बनाउन सहयोग इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिसहितलाई कदरपत्र वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...