रेशम चौधरीको सपथ ३ बजेसम्मका लागि सर्‍यो

Resham chaudhary

काठमाडौं । टीकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीले सांसद् पदको सपथ आज ३ बजे हुने भएको छ ।

बिहान साढे ११ बजे सपथ लिने भनिए पनि आवश्यक तयारी नपुग्दा आज ३ बजेसम्मका लागि सारिएको हो ।

यसअघि चौधरीलाई सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम थियो ।हाल थुनामा रहेका चौधरीलाई सपथ लिएपछि पुनः कारागार नै लगिने छ ।

घटनापछि चौधरी भारतमा लुक्दै बसेका थिए । उनी हाल डिल्लीबजार कारागारमा छन् ।

चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राजपाका उम्मेदवार चौधरी ३४ हजार ३ सय ४१ मत ल्याई विजयी भएका थिए । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनमा चौधरीले अगुवाइ गरेको आरोप लागेको थियो। उक्त घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...