पृथ्वी जयन्तीमा विदा दिन राप्रपाको माग

Ra pra pa flage

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पृथ्वी जयन्तीको दिन राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको हो ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन पार्टीका प्रदेश, जिल्ला लगायतका सबै तहलाई निर्देशन दिएको छ ।

फागुन ७ गते काठमाडौं उपत्यकामा संघीय सरकार, प्रदेश राजधानीमा प्रदेश सरकार तथा जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमा हिन्दुराष्ट्र पुर्नस्थापना लगायतका मागहरु सहितको ज्ञापनपत्र दिने र मागहरु पुरा नभएमा चैत्र १ गते पछि संघर्षका कार्यक्रमहरु घोषणा गरेर हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि चरणबद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

सो बैठकले आउँदो फागुन १५ गतेदेखि ३० गतेसम्म राष्ट्रिय स्वाभिमानको जगेर्नाका लागि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने र सो अभियानमा सहभागी हुन केन्द्रीय कार्यसमितिका प्रत्येक सदस्यले अनिवार्य रुपले प्रदेशसभा वा सङ्घमा आफ्नो निर्वाचन क्षेत्र छान्नुपर्ने, छानिएका निर्वाचन क्षेत्रको जानकारी एक हप्ताभित्र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने निर्णयसमेत गरेको राप्रपा प्रचार विभाग प्रमुख प्रवक्ता मोहन श्रेष्ठले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...