के दीपकराज जोशी लाज पचाएरै बस्लान् त बरिष्ठ न्यायाधीस भएर ?
काठमाडौं । काहीँ नभएको जात्रा हाँडी गाउँमा’ त्यसै भनिएको होइन । अहिले यो उखान सर्वाेच्च अदालतमा भएको छ, त्यो पनि बरिष्ट न्यायाधीश दीपकराज जोशीका कारण ।
सर्वाेच्चमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली बाहिरिएपछि कहिले कायममुकायम प्रधानन्यायाधीश र कहिले वरिष्ठतम न्यायाधीश हुँदै उनी अदालतमा कार्यरत छन् । उनीसँगै प्रधानन्यायाधीशको सिफारिसमा परेका चोलेन्द्रशम्शेर राणाले प्रधानन्यायाधीश नियुक्ती पाएर सपथसमेत लिइसकेका छन् । सपथ लिएसँगै प्रधानन्यायाधीस राणाले जोशीलाई पेशी नतोक्ने बताइसको छन् ।
यति हुँदासमेत जोशी चुसम्म बोलेका छैनन् । आखिर किन त ? जबकी पटकपटक अस्वीकृत हुँदा नैतिकताका हिसावले पनि जोशीले राजीनामा दिनुपर्ने हो । तर, उनी नैतिकतालाई खल्तीमा राखेर अदालत गइरहेका छन् । उनी बरिष्ठ न्यायाधीशकै रुपमा कार्यरत छन् ।
गत वर्ष फागुन मसान्तदेखि जोशी कामु प्रधानन्यायाधीश भएका थिए । गत जेठ २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले उनलाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको थियो ।
तर, संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरिदियो । जोशीका शैक्षिक प्रमाणपत्र शंकाको घेरामा परेपछि १८ गते बसेको समिति बैठकले उनलाई अस्वीकार गरेको थियो ।
जोशीलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने दलहरूबीच तीव्र विवाद भएको थियो । समितिमा सत्तारूढ दल जोशीको विपक्षमा उभिएपछि उनको सिफारिस दुईतिहाइ मतले अस्वीकृत भएको थियो । विपक्षी कांग्रेसले मतदानबाट निर्णय गरे समिति बहिष्कार गर्ने चेतावनी दिए पनि सत्तासीन दलले मतदानका पक्षमा अडान राखेका थिए ।
प्रधानन्यायाधीशमा राणा नियुक्त भएपछि जोशी नैतिक संकटमा परेका छन् । पहिलो वरियतामा रहेर पनि प्रधानन्यायाधीश हुन नपाएका उनले अब के गर्लान, न्यायिक क्षेत्रमा चर्चाको विषय बनेको छ ।
राणाले जोशीलाई पेसी नतोक्ने बताए पनि जोशी बिहीबार नै सर्वोच्च अदालतमा हाजिर हुन आउने तयारीमा छन् । यसले उनको नैतिकतामाथि प्रश्न त उठाएको छ नै, उनी किन यसरी लाज पचाएर अदालत छाडिरहेका छैनन् ? के उनी आफ्नै खुसीले यस्तो गरिरहेका छन् त ? प्रश्न उठेको छ । तर, उनी आफैंले लाचारी देखाइरहेका कारण ‘देख्नेलाई भन्दा...हेर्नेलाई लाज’ भनेसरह भइरहेको छ ।
प्रतिकृया दिनुहोस