डा. लोहनीले बुझाए पुस्तकालयलाई पैसा

Dr. prakash chandra lohani

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले त्रिभुवन विश्व विद्यालयको केन्द्रिय पुस्तकालयलाई पाँच हजार रुपैयाँ जरिवाना बुझाएका छन् ।

उनले विसं. २०३३ सालदेखि अध्ययनका क्रममा पुस्ताकलयबाट लिइएको पुस्तक फिर्ता नगरे वापतको पुस्तकको मुल्य र जरिवाना स्वरुपको करिव पाँच हजार रुपैया पुस्तकालयलाई बुझाएका हुन् ।

डा. लोहनीले आज पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारी र पुस्तकालय सहायक सविता केसीलाई भेटी सबै रकम फिर्ता गरेका हुन् ।

डा. लोहनीले २०३३ सालदेखि २०४० सालभित्र आफु दुई पटक घर सरेको र सो क्रममा पुस्तकालयाट लिइएको किताब हराएका कारण फिर्ता गर्न नसकेकाले सो वापतको रकम बुझाएका जनाएका छन् । डा. लोहनीले केन्द्रिय पुस्तकालयबाट लिएका पुस्तक फिर्ता नगरेको सार्वजनिक भएपछि बुधबार केन्द्रिय पुस्तकालयमा पुगेर सबै रकम फिर्ता गरेका हुन् ।

डा. लोहनीले जुनसुकै कारणले भए पनि नबुझाउनु वा बिर्सनुलाई आफुले गल्ती गरेको स्वीकार गरेका छन् । उनले भविष्यमा पनि त्रिविले प्राज्ञिक र प्रशासनिक क्षेत्रमा भएका विकृति र कमजोरी वर्तमान चान्सलरको नेतृत्वमा सुधार गर्ने काम गरोस् भनि शुभकामना पनि दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...