सुनुवाई समितिले थप ५ जना राजदूतको सुनुवाई प्रक्रिया शुरु गर्ने
काठमाडौं । प्रधानन्यायाधीशको सुनुवाई सके लगत्तै संसदीय समितिले विभिन्न मुलुकका लागि सिफारिस भएका थप ५ जना राजदूतको सुनुवाई प्रक्रिया थाल्ने भएको छ ।
सरकारले पछिल्लो समय थाईल्याण्ड, स्विट्जरल्याण्ड, फ्रान्स, क्यानाडा र कुबेतका लागि राजदूत सिफारिस गरेको थियो । सिंहदरबारमा विहान ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदुत विरुद्ध उजुरीका लागि १० दिनको समय दिने सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।
सरकारले परराष्ट्र सेवाबाट थाइल्याण्डका लागि गणेश ढकाल, स्वीटजरल्याण्डका लागि मणि भट्टराई, फ्रान्सका लागि दिपक अधिकारी, क्यानडाका लागि भ्रिगु ढुङ्गाना र कुवेतका लागि दुर्गा प्रसाद भण्डारीको नाम सिफारिस गरेको थियो ।
प्रतिकृया दिनुहोस