कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै आएका कर्मचारी र सरकारबिच आज पनि वार्ता

Pm office 2

काठमाडौं । कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै आएका कर्मचारीसँग सरकारले आज पनि वार्ता गर्ने भएको छ ।

आन्दोलन जारी राखेका कर्मचारीलाई सहमतिमा ल्याउन हिजोको वार्ता असफल भएपछि आज पनि वार्ता हुन लागेको हो । संघीय सरकार र निजामती कर्मचारीबीच हिजो भएको वार्ता सकारात्मकरुपमा अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

आज औपचारिकरुपमा सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शुरेश अधिकारीले छलफल सकारात्मक रुपमा अगाडी बढीरहेको बताए ।

तर सहमति नभए सरकार कारवाही गरेर भएपनि समायोजन प्रक्रिया अगाडी बढाउने उनले बताए । आज सहमति गरेर बुदाँगत रुपमा लिखित सहमति गर्ने तयारी छ । निमाजती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले निजामती ट्रेड युनियनले राखेका १३ वटा मागमध्ये सरुवाका विषयमा बाहेक अन्य सबै विषयमा सहमतिको वातावरण बनेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...