निर्मला पन्तको बलात्कार पछिको हत्याको घटना आश्चर्यजनक भयो: प्रधानमन्त्री ओली

Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कार पछिको हत्याको घटना आश्चर्यजनक भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि पन्त घटनामा कठिन भएको बताएका हुन् ।

उहाले ‘प्रहरीले सुरुमा केही गल्तीहरु गरेको बताउदै प्रहरीले गल्ती किन र्गयो भनेर प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरुसमेत पठाएर अनुसन्धान भइरहेको जानकारी दिए ।

नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धानमा सक्षम भए पनि निर्मला पन्तको घटनामा भने अपराधी पत्ता नलाग्नु दुखद भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले निर्मला पन्तको घटनामा प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न नपाएको पनि जिकिर गरे ।

यस घटनाको छानबिन गर्ने संस्थाले स्वतन्त्र ढंगले गर्न पाएको अवस्था नभएको बताउदै प्रधानमन्त्री ओलीले, त्यसभित्र कतिपय शक्तिहरुले आफ्नो स्वार्थ त्यहाँ मिसाएर त्यसलाई झण्डा बनाएर कुदेको पनि देखिएको दावी गरे । प्रधानमन्त्री ओलीले ढिलो छिटो अपराधी पत्ता लाग्ने पनि दावी गर्दै घटनामा संलग्न अपराधीलाई कुनै पनि हालतमा नछाडिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...