विना निष्कर्ष सकियो वार्ता, भोली फेरि वार्ता हुने
काठमाडौं । कर्मचारी समायोजनको विषयलाई लिएर भइरहेको आन्दोलनरत कर्मचारी र सरकारबीच मंगलबार भएको वार्ता भएको छ । तर, सो वार्ताले केही निकास निकाल्न सकेन ।
कर्मचारी समायोजन अध्यादेशले सम्बोधन गर्न नसकेका माग संघीय निजामती सेवा ऐनमा सुनिश्चित गराउने विषयमा मंगलबार पनि छलफल भएको र फेरि भोलि छलफल गर्ने गरी मंगलबारको वार्ता सकिएको छ । सरकारी वार्ता टोलीसँग भएको छलफल सहमति नजिक पुगेका बताइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको नेतृत्व मंगलबार वार्ता भएको थियो । कर्मचारी अध्यादेश संसदले पारित गरे पनि अध्यादेशले समेट्न नसकेका कुराहरु प्रतिस्थापन विधेयक मार्फत कसरी लैजाने भन्ने बारेमा छलफल केन्द्रित रहेको थियो ।
अहिले देखिएको समस्या समाधान गर्नेतर्फ नै वार्ता अघि बढेकाले सम्भवतः भोलि बिहान ११ बजेपछि बस्ने वार्तामा कर्मचारीको माग सम्बोधन हुने आन्दोलनरत कमृचारीको विश्वास छ । अध्यादेशले आफूहरुको वृत्ति विकास रोकेको तथा कर्मचारीबीचमा नै विभेद गराएको भन्दै कर्मचारीहरु आन्दोलित छन् ।
प्रतिकृया दिनुहोस