चोलेन्द्रशम्शेर राणाको नाम सर्वसम्मत अनुमोदन, २८ औं प्रधानन्यायाधीश बन्दै
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
सुनुवाई समितिले राणाको नाम अनुमोदन गरेसँगै उनी नेपालको २८औं प्रधानन्यायाधीश बन्ने छन् । अब राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन् । संसदीय सुनुवाइ समितिले संवैधानिक समितिको सिफारिस स्वीकृत गरेमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।
गत मंसिर २७ गते संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम भावी प्रधानन्यायाधीशमा सर्वसम्मतीबाट सिफारिस गरेको थियो । २०१४ मंसिर २८ गते जन्मिएका जबरा २०७१ जेठ १३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन् ।
मंगलबार सुनुवाई सकिएलगत्तै समितिले राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रस्तावित प्रधानन्यायाधीश राणा करिव ४५ मिनेट बोलेका थिए ।
सांसदहरुको प्रश्नका जवाफ दिँदै प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू प्रधानन्यायाधीश बनेमा अनुहार कुरुप हुने काम नगर्ने प्रतिबद्धता जनाएका थिए । संसदीय सुनुवाइ विशेष समितिमा सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै जबराले कार्ययोजना पूरै पालना गर्ने बताएका थिए ।
प्रतिकृया दिनुहोस