सरकारले कर्मचारीलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको काँग्रेसको आरोप
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा नेतृत्वको सरकारले कर्मचारीलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् ।
मेलमिलाप दिवसको अवसरमा काँग्रेसले गरेको कार्यक्रममा सभापति देउवाले कर्मचारीमाथि नियन्त्रण गर्नु सरकारको अधिनायकवादी सोचको सुरुवात भएको उनले बताए ।
सरकार तानाशाही र एकलौटी गर्न खोजिरहेको तथा ब्युरोक्रेसीलाई पार्टीको कन्ट्रोलमा लान खोजेको सभापति देउवाको भनाइ छ । सरकारले लोकतन्त्रविरोधी काम गरिरहेको भन्दै सभापति देउवाले आफूहरु अहिले पनि मेलमिलापको पक्षमा रहेको धारणा राखे ।
प्रतिकृया दिनुहोस