विवेकशील साझामा छल्कियो विवादको छाल

Bibekshil sajha

काठमाडौं । भुसको आगोझैं सल्किएको विवेकशील साझा पार्टीभित्र आन्तरिक किचलो छताछुल्ल भएको छ ।

‘अबको आशा, विवेकशील साझा’ भन्दै चर्चा बटुलेको विवेकशीलका संयोजक उज्ज्वल थापाले १८ पृष्ठ लामो समीक्षा प्रतिवेदन सार्वजनिक गरसँगै पार्टीभित्रको किचलो छताछुल्ल भएको हो ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको १६ महिना नबित्दै आन्तरिक किचलो सतहमा आएको हो । एकताका बेला दुवै दलका तत्कालीन अध्यक्षहरु उज्ज्वल थापा र रवीन्द्र मिश्र नयाँ गठन भएको विवेकशील साझा पार्टीको संयोजक बनेका थिए ।

‘संघीय र प्रादेशिक निर्वाचनको सफलतापश्चातको एक वर्षको अवधिमा मैले विभिन्न घटनाक्रम, व्यक्तित्वहरु र सदस्यहरुको अनुभवहरुलाई समेट्ने र अनुशरण गर्ने मौका पाएँ’ थापाको प्रतिवेदनमा भनिउको छ, ‘यसैका आधारमा म यो निष्कर्षमा पुगेको छु कि विवेकशील साझा पार्टी अहिले समग्रमा गलत बाटो तर्फ गइरहेको छ ।’

थापाले विवेकशील दलले होस र जोसलाई अँगाल्न नसकेको, शक्ति केन्द्रिकरणका कारण दललाई बन्धक बनाएको, डरको राजनीति हावी भएको, नेतृत्वमा कमजोरी देखिएको जस्ता आरोप लगाएका छन् । पार्टीले अत्याधिक चर्चाका वाबजुद पनि गएको संसदीय चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेको आरोप लगाएका छन् ।

विवेकशील साझा पार्टीको अहिले प्रदेश ३ मा ३ सांसद छन् भने संघीय सांसदमा कुनै सिट हात पार्न सकेन ।

यता, सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पार्टीको उच्च तहमा छलफल नै नगरी प्रतिवेदन बाहिर ल्याउनु संयोजक थापाको गैरजिम्मेवार प्रवृत्ति देखिएको दावी गरेका छन् । थापाले सार्वजनिक गरेको प्रतिवेदन पार्टीको आधिकारिक धारणा नरहेको उनको भनाई छ ।

उनले पार्टीको एकीकरणदेखि नै देखिएको संयोजक थापाको अकर्मण्यता र गैरजिम्मेवार कार्यशैलीप्रति केन्द्रीय समिति बैठकमा समीक्षा गरिने आचार्यले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...