सन् २०१८ मा ५८ वटा घटे प्रेस स्वतन्त्रता हननका घटना

Fnj nepal

काठमाडौं । सन् २०१८ मा नेपालमा ५८ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु भएका छन् । सन् २०१७ मा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटनाहरु अभिलेख भएका थिए ।

तुलनात्मक रुपमा यो बर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरुमा कमि आएको भए पनि कानुनी रुपमा यो बर्ष चुनौतिपूर्ण बनेको नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन ईकाईले तयार पारेको अनुसन्धानले देखाएको छ ।

इकाईका अनुसार सन् २०१८ मा १५ जना पत्रकारमाथि आक्रमण भएको छ भने १३ जना पत्रकारलाई धम्की दिइएको छ । महासंघको अनुगन इकाइमा अभिलेख भएअनुसार समाचारको विषयलाई लिएर पत्रकारमाथि आक्रमण र धम्की दिने काम भएको थियो ।

यो अवधिमा १२ जना पत्रकारलाई समाचार संकलनका क्रममा वा समाचार छापेको निहुँमा दुव्र्यवहार गरियो भने पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध पु¥याइएका ६ वटा घटना रहेका छन् ।

नेपाल पत्रकार महासंघका सचिव तथा प्रेस स्वतन्त्रता अनुगमन समिति रेमबहादुर विश्वकर्माका अनुसार पत्रकारको संस्था तथा पत्रपत्रिका कब्जा गरिएका ४ वटा घटना अभिलेख भएका छन् भने नीतिगत बन्देजको एउटा घटना रहेको छ । यो वर्ष एक जना पत्रकार वेपत्ता भएका छन् ।

यो वर्ष ६ जना पत्रकार पक्राउ परे । अनुगमन इकाका अनुसार पक्राउ परेकामध्ये राजु बस्नेत, एन्जीला सापकोटा, गोपाल चन्द्र लगायतलाई प्रहरीले समाचार लेखेकै आधारमा पक्राउ गरी आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गई विद्यृतीय कारोबार ऐन, २०६३ अन्र्तगत मुद्दा चलाएको थियो ।

यसै वर्ष भदौ १ गतेदेखि लागू गरिएको मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानले गर्दा यो वर्ष नेपाली प्रेस जगतका लागि चुनौतीपूर्ण बनेको छ । महासंघले मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान सच्चाउनका लागि विभिन्न दबाबमूलक अभियान नै सञ्चालन गरिरहेको छ ।

यो वर्ष पत्रकार आक्रमण १५, धम्की १३, दुव्र्यवहार १२, पत्रकार पक्राउ ६, समाचार संकलनमा अवरोध ६, नितिगत बन्देज १, सञ्चार संस्था तथा पत्रपत्रिका कब्जा ४ र १ जना पत्रकार बेपत्ता भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...