जीपको ठक्करले बृद्धको मृत्यु, अर्का युवक मृत भेटिए

Accident logo

प्युठान । प्युठानमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिजुवारदेखि बाग्दुलातर्फ कुखुराको चल्ला बोकेर जाँदै गरेको से १ च २१७३ नम्बरको जीपको ठक्करबाट से १ च २१७३ लिपकोट निवासी ६३ वर्षीया ईश्वरबहादुर बिकको मृत्यु भएको हो ।

न्यौपाने एग्रोभेट सेन्टर बाग्दुलाको चल्ला बोकेर बाग्दुलातर्फ जाँदै गर्दा सो जीपले प्युठान नगरपालिका –७ पुर्ण्यखोलामा ठक्कर दिएको थियो । जीपले ठक्करले घाइते भएका विकको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख निर्मल बुढाथोकीले बताए ।

मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने जीीप प्रहरी नियन्त्रणमा छ ।

यता, प्युठान नगरपालिका –७ बाग्दुलास्थित लाइफकेयर अस्पतालको पछाडी कुलामा एक युवक मृत अबस्थामा भेटिएका छन् ।

दाङ घोराही नगरपालिका १८ का बर्स २४ का अनिल चौधरी मृत अबस्थामा भेटिएका हुन् । चौधरी घर निर्माण कार्यमा लेबर काम गर्दै आएका थिए । उनी आईतबार साझदेखि बेपत्ता थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...