काभ्रेमा विप्लव सक्रिय, जग्गा कब्जादेखि भौतिक कारवाहीसम्मको चेतावनी
काठमाडौं । सरकारले केही दिन पहिले मात्रै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी वार्ता समितिलाई नटेरेको भन्दै कारवाही गर्न निर्देशन दिएको छ । सो समितिले विभिन्न भुमिगत र आन्दोलनरत पक्षसँग वार्ता गरेपछि चन्द नेतृत्वको नेकपामा नेता कायृकर्ताप्रति गरम निती लिन निर्देशन दियो ।
सरकारले अर्धभूमिगतरुमा बिभिन्न कृयाकलाप संचालन गर्दै आएको नेकपाप्रति गरम नीति लिने संकेत देखाइरहेका बेला विप्लब माओवादी भने जनयुद्धकै शैलीमा उत्रिएको छ । उसले जनयुद्धकै शैलीमा जग्गा कब्जा गर्न थालेको छ ।
पछिल्लो दिनमा काभ्रे जिल्लाको रोशी गाउँपालिका– ८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका –९ मंगलटारका बहादुरसिं तामाङको श्रीमती सानुमाया तामाङको नाममा राजिनामा पास नै गरेको भन्दै फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ ।
जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भई अदालतलाई समेत प्रभावित पारी गलत फैसला गराईएको भन्दै माओवादीले ध्यानाकर्षण भएको बताएको छ । ताम्सालिङ जनपरिषको नामबाट जारी गिरिएको १५ दिने सुचनामा अदालतको गलत फैसला बदर नभए शशक्त प्रतिरोध गर्ने चेतावनी दिइएको छ ।
म्याद जारी गरेको जग्गा पार्टीले कब्जा गरेको घोषणा गरेको छ । तर्कबहादुर तामाङको पहुँच नभएकाले करोडौको जग्गा ५ लाखमा खान खोजेकाले कब्जा गरिएको नेपाल कम्युनिष्ट पार्टी पूर्वी ताम्सालिङ स्वायत्त प्रदेशले कब्जा गरेको घोषणा गरेको छ ।
जिल्लामा विप्लव माओवादीका गतिविधिहरु केहि समयदेखि तीब्र भईरहेको छ । जिल्लाको देउपुर, पनौतीको छालाकारखाना लगायतका क्षेत्रमा रहेको जग्गा विप्लव माओवादीले कब्जा लिएको घोषणा गरेको थियो ।
कित्ता नम्वर २२९० को ०–१५–०–० र कित्ता नम्वर ७५९ को ६–८–१–३ को जग्गा बहादुर सिं तामाङको श्रीमती सानुमाया तामाङको नामबाट पुनः तेमाल गाउँपालिका – ५ निवासी सुर्यलालको श्रीमती कृष्णमाया तामाङ र सोहि ठाउँ बस्ने पुर्णबहादुर तामाङको श्रीमती दावा डोल्मा तामाङको नाममा जालसाजीपूर्ण तरिकाले पास गरिएको माओवादीले जारी गरेको म्यादमा उल्लेख गरिएको छ ।
‘यो सूचना जारी गरिएको १५ दिनभित्र तर्कबहादुर तामाङकै नाममा जग्गा फिर्ता गर्न गराउन ताम्सालिङ स्वायत्त प्रदेशको तर्फबाट यो सूचना जारी गरिएको छ’–१५ दिने म्यादमा भनिएको छ ‘अन्यथा स्वायत्त प्रदेशको नीति अनुसार अन्य कारवाही प्रकृया अगाडी बढाईने जानकारी गराईन्छ ।’
माओवादीले तेमाल गाउँपालिका– ५ निवासी कृष्णमाया तामाङ र दावा डोल्मा तामाङ लगायतका मानिसको नाममा रहेको पहिला तर्कबहादुरको नाममा रहेको जग्गा सहज ढंगले तर्कबहादुर तामाङलाई फिर्ता नगरेमा शशक्त भौतिक कारवाही गरिने चेतावनी दिईएको छ ।
प्रतिकृया दिनुहोस