चितुवाको डरले विद्यार्थी स्कुल जान पाएनन्
बैतडी । चितुवाले आक्रमण गर्ने डरले शिबनाथ गाउँपालिका वडा नम्बर ४ र ६ का विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् । चितुवा प्रभावित क्षेत्र समेत रहेको शिबनाथ गाउँपालिकाको सो क्षेत्रमा विद्यार्थीहरु विद्यालय जाँदा जंगलको बाटो हिंड्नुपर्छ ।
जंगलको बाटोमा दिउँसै चितुवाले आक्रमण गर्ने गरेको छ । शिबनाथ गाउँपालिका वडा नं ४ अन्तरगतको मुकैल र टा भन्ने ठाउँका विद्यार्थीहरु २ दिन देखि विद्यालय जान पाएका छैनन् ।
स्थानिय चम्बा तिवारीका अनुसार पुस १३ गते मुकैलमा १४ वर्षका रमेश ठकुराठिलाई चितुवाले आक्रमण गरि घाईते बनाएको थियो । सो क्षेत्रमा घाँस दाउराका लागि जंगल जानेहरुलाई पनि चितुवाको आक्रमणमा पर्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस