निर्मला पन्त हत्या प्रकरण : फेरि तातेकै हो त प्रहरी ?

Igp khanal kanchanpurma

काठमाडौं । गत साउन १० मा कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । सो घटनाका वास्तविक दोशी पत्ता लगाउन नसके पनि प्हरलिे बारम्बार नक्कली अभियुक्त खडा गर्दै आएको छ ।

निर्मलाको न्यायका लागि पटकपटक आन्दोलन पनि भइरहेका छन् । दिनहुँ भइरहेका आन्दोलनले सरकारलाई नै हल्लाइदिएको छ । यही बेला सरकारी अधिकारीहरु फेरि निर्मला पन्तको घटनामा संलग्नको खोजीमा लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने वचन दिएका छन् । प्रधानमन्त्री ओलीले यस्तो वचनवद्धता नेकपाको स्थायी कमिटी बैठकमै यस्तो प्रतिवद्धता जनाएका हुन् । तर, कहिले पत्ता लाग्छ भन्ने चाँही अनुमानको विष मात्रै बनेको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा अहिलेसम्म प्रहरीले नै सबै प्रमाण नष्ट गरेको आरोप लागिरहेको छ । जसको कारण पनि हत्यारा पत्ता लाग्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानको प्रगति विवरण बुझ्न कञ्चनपुर पुगेका छन् ।

अपराध अनुसन्धानमा माहिर ठानिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर सहितको टिम लिएर प्रहरी महानिरीक्षक खनाल आइतबार बिहान कञ्चनपुर पुगेका छन् । खनालले केही दिनअघि प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जत्तिसुकै शक्तिशाली भए पनि निर्मलाको हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘उच्चस्तरीय छानबिन समिति र प्रहरीको आन्तरिक छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका प्रहरीमाथि कारबाहीका लागि हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं’, उनले भने, ‘त्यसमा संलग्न देखिएका माथिल्लो तहलाई विभागले कारबाही गर्छ । तल्लो तहका कर्मचारीलाई कारबाहीका लागि जिल्ला प्रहरीमा पत्राचार गरेको छु ।’

खनालले पछिल्लो समयमा निर्मला हत्या अनुसन्धान रिपोर्ट आफैंले प्रत्यक्ष लिँदै आएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी निरज शाही नेतृत्वको जम्बो टोलीले निर्मला पन्त बलात्कार–हत्याबारे लामो समयदेखी अनुसन्धान गरिहरेको भए पनि नतिजा आउन सकेको छैन् ।

अहिले फेरि महानगरीय अपराध महाशाखामा कार्यरत डिएसपी कुँवरसहित प्रहरी नायव निरीक्षक (सई) गजेन्द्र रावल पनि निर्मला पन्तको घटनाको अनुसन्धानमा जुटेका छन् । यी दुबैजना अपराध अनुसन्धानमा माहिर मान्छिन् । तर, यत्तिका लामो समयसम्म किन उनीहरुलाई अनुसन्धानमा संलग्न गरिएन ? प्रश्न पनि उठेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...