डा.केसी भन्छन्, कुन दिन मेरै डिएनए टेष्ट होला भन्ने डर भयो
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना वितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । हत्यारा पत्ता लगाउन नसक्दा सरकारको आलोचना मात्रै होइन, सरकार नै छैन भन्ने पनि भएको छ ।
यस्तो अवस्थामा सरकाप्रति व्यंग्य गरिनु कुनै नौलो कुरा पनि होइन । यस्तै व्यंग्य गरेका छन् राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसीले ।
डा.केसीले सरकारका कामकारबाहीको बारेमा जनताहरु सन्तुष्ट नरहेको र वर्तमान सरकारले देशको भविष्यमाथि खेलवाड गरेको बताए । उनले सरकारले निर्मला पन्तका हत्यारालाई रन्तपार्कमा खोजिरहेको र यसरी खोजेर हत्यारा पत्ता लाग्न नसक्ने दावी पनि गरे ।
‘सरकार उल्टो बाटो हिँडिरहेको छ, हामी उल्टो बाटोमा गन्तव्य निर्धारण गरेका छौं’ रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा विष्लेषक केसीले भने, ‘निर्मला पन्तका हत्याराका बारेमा पनि यस्तै भएको हो ।’ उनले प्रहरीका उच्च अधिकारीहरुले निर्मलाका दोषीहरुको प्रमाण नष्ट गरेर सरकार निर्मलाका हत्यारा रत्नपार्कमा खोजिरहेको आरोप लगाए ।
‘नक्कली मानिसलाई अभियुक्त करार गरेर दुनियाँ हसाउने काम गरिहरहेको छ’ सरकारप्रति ब्यंग्य गर्दै उनले भने, ‘कुन दिन मलाई पनि बोलेकै भरमा निर्मलाको हत्यारा तँ होस् कि भनेर डिएनए टेष्ट गर्न बेर छैन् । हाम्रो सरकारले होली वाईन खाएर खुब ताण्डव देखाईरहेको छ ।’
स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. केसीले भने, ‘अहिले भइरहेका गतिविधिहरु राष्ट्र हितमा छैनन्, पृथ्वीनारायण शाहको बारेमा नक्कली ईतिहास लेखेर उनलाई बद्नाम गरिँदैछ ।’ उनले भने, ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विरमा पिसाव फेर्ने काम भइरहेका छन्, अहिले राष्ट्र ईतिहासकै कमजोर स्थितिमा रहेको प्रष्ट पार्छ ।’
उनले नेपालमा नक्कली क्रिश्चियनहरुले डलरको खेती गरेको आरोप पनि लगाए । ‘कुनै समस्या देखियो भने पहिले त्यसको उपचार र परिणाम खोज्ने होईन त्यो समस्याको जड के हो ? त्यो जान्नुपर्छ’ उनले भने, ‘यहाँ दलितहरु ख्रीष्टियन बन्दैछन्, गरिबहरु ख्रीष्टियन बन्दैछन्, किन यस्तो भैरहेको छ ? अरु कुनै कारण छ र ? हिन्दु धर्मका कर्मकाण्डीहरुको व्यवहारले गर्दा यस्तो भएको हो, मन्दिरमा पस्नै नदिने ?’
प्रतिकृया दिनुहोस