मेयर जेलबाट छुट्दा कटहरिया नगरपालिका सार्वजनिक विदा !
गौर । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुसवाह हत्या अभियोगबाट मुक्ति पाए लगत्तै शनिबार हेलिकप्टर चार्टर गरेर रौतहट गए ।
कुसवाहले उन्मुत्ति पाएको खुसीयालीमा गाउँकै जनता माविको प्रांगणमा शनिबार बिहानैदेखि चहलपहल सुरु भयो । शनिबार पनि स्कुलमा मान्छे देखेपछि धेरै दंग परे ।
शनिबार दिउसो २ बजेतिर उनी हेलिकप्टर चढेरै आफ्नो नगरपालिका कटहरिया पुग्दा गाउँमा एकाएक चहलपहल बढ्यो । उनी आउने कुरा चलेपछि कोही माला किन्न दौडिँदै थिए । कोही मन्च नै बनाउन थाले । यो त शनिबारको एउटा दृष्य थियो ।
तर, त्यसैको खुसीयालीमा आइतबार कटहरिया नगरपालिकामा सार्वजनिक विदा दिइयो । उनको स्वागत र सम्मानकै लागि भन्दै नगरपालिका भित्रका सामुदायिक स्कुलहरुमा आइतबार सार्वजनिक विदा दिइएको हो । उनलाई स्वागतकै क्रममा यस्तो घोषणा गरिएको थियो । पछि नगरपालिकाले सूचना नै निकालेर विदा दिएको छ ।
विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि कुश्वाह जेल परेका थिए । उनलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलापछि सिआइवीको टोलीले गत बैसाखमा काठमाडौंबाट पक्राउ गरी जेल चलान गरेको थियो ।
तर सर्वोच्च अदालतले उनलाई शुक्रबार सफाइ दिएपछि जेलमुक्त भएका हुन् ।
प्रतिकृया दिनुहोस