काठमाडौंको तापक्रम १ डिग्री, चिसोले जनजीवन प्रभावित
काठमाडौं । केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ ।
उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अझै चिसो बढ्न सक्नेछ । उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना देखिए पनि अन्य क्षेत्रमा मौसम सफा रहेको मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।
काठमाडौंमा माइनस ३.५ डिग्रीको रेकर्ड
आइतबार बिहान काठमाडौंको न्युनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौँ उपत्यकाका धेरै ठाउँमा कुहिरो लागेको छ ।
काठमाडौं उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । शुक्रबार बिहानको तापक्रम १.५ डिग्री मापन गरिएको थियो ।
तापक्रम घटेकाले चिसो बढेको र कुहिरो पनि लागेको महाशाखाले जनाएको छ । आकाश खुले पनि चिसो बढेकाले कुहिरो लागेको छ । मौसमविद्हरका अनुसार दिउँसो मौसम सफा हुनेछ । पूर्व र मध्यका केही हिमाली भेगमा हिमपातको सम्भावना उत्तिकै छ ।
शनिबार साँझ पनि तापक्रम १.५ डिग्री थियो । दिउँसो घाम लागेसँगै तापक्रम बढ्ने गरेको छ । काठमाडौं उपत्यकामा २७ पुस ०३४ मा तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो
प्रतिकृया दिनुहोस