परिवारप्रतिको वितृष्णाः एक्लै मनाउने भए पारसले चितवनमा जन्म दिन
काठमाडौं । पूर्व राजपरिवारका सदस्य पोखरामा रमाइरहेका बेला पूर्व युवराज पारस भने चितवन पुगेका छन् । ४९ औं जन्म दिन मनाउन आफ्नो जन्म दिन मनाउन चितवन पुगेका हुन् ।
उनले यसअधि आफ्नो अधिकांस जन्मदिन छोराछोरीसँगै मनाउने गरेका थिए । तर, यो वर्ष भने अरु साथीहरूसँग मनाउने भन्दै साथीभाईसहित चितवन पुगेका हुन् । उनको जन्म दिन मनाउन राजेश सिह, सितल सिह लगायतका आफ्ना नजिकका साथीहरूसँग छन् ।
पूर्व राजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेका थिए । पारसकी आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणा लगायतले पारससँगै जन्मदिन मनाउने इच्छा व्यक्त गरेका थिए । तर, पारस भने परिवारका सदस्यलाई थाहै नदिई चितवन पुगेका हुन् ।
यही पुस १७ गते अंग्रेजी नया वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको छ ।
श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी पनि थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित पुस १० मै पोखरा पुगेकी थिइन् । तर, पारसले भने परिवार विनै जनम दिन मनाउने भएका छन् ।
यसैबीच पूर्व राजा ज्ञानेन्द्र आइतबार देवीको मन्दीरमा पुजाअर्चना गर्न दुलेगौडा जाने कार्यक्रम तय भएको छ । उनी पश्चिमाञ्चललगत्तै माघ पहिलो साता पूर्वाञ्चलको झापा जाने कार्यक्रम तय भएको छ ।
प्रतिकृया दिनुहोस