बालुवाटार अगाडी विवेकशीलले भन्यो, ‘न्यायको खोजीमा निर्मलाहरु’
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा अलिहेसम्म पनि घटनाका वास्तविक दोशी पत्ता लाग्न सकेको छैन । अहिले पपन निर्मलाको न्यायको लागि पटकपटक आन्दोलन भइरहेका छन् ।
निर्मला पन्तलाई न्याय दिन माग गर्दै विवेकशिल साझा पार्टीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ ।
सो पार्टीले ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानर राखेर प्रधानमन्त्रीको सरकार निवास अगाडि शनिबार प्रर्दशन गरेको छ । न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभुति दिन प्रहरी प्रशासन र गृहमन्त्री असक्षम भएको दाबी गरे ।
कञ्चनपुरकी १३ वर्षीय पन्तका साउन १० मा बलात्कारपछि हत्या भएको अवस्थामा भेटिएको थियो । पन्तको बलात्कारपछि हत्या भएको ५ महिना वितिसक्दा पनि दोषी पक्राउ परेका छैनन् ।
प्रतिकृया दिनुहोस