उपत्यकासहित मुलुकभर सफा रहने, दिउँसो पारिलो घाम लाग्ने

Mausam

काठमाडौं । काठमाडौँ उपत्यकासहित मुलुकभरको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शुवास रिमालले बिहानीपख केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको भए पनि बिस्तारै हट्ने र दिउँसो पारिलो घाम लाग्ने सम्भावना रहेको जानकारी दिए ।

उनका अनुसार काठमाडौँ उपत्यकामा पनि आज दिउँसो घाम लाग्नेछ । आज बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।

हिजो यस वर्षकै सबैभन्दा कम १ दशमलव ४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो । मौसमविद रिमालले यसवर्ष न्यूनतम तापक्रम अझै घट्ने सक्ने सम्भावना रहेको जानकारी दिए तर माइनसमै झर्ने सम्भावनाबारे अहिले नै भन्न नसकिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...