ट्याक्सी चालकको गुनासोः हामी कसरी ठग र लुटेरा ?

1526626256taxi

काठमाडौं । काभ्रे पनौतीका शम्भु कुँवरले भाडामा ट्याक्सी चलाउन थालेको १० बर्ष भयो । उनले ट्याक्सी चलाएर आफ्नी श्रीमती र एक छोरीका जीवन धानिरहेका छन् ।

उनी भन्छन्, ‘तर, के गर्नु हाम्रो सुरक्षाको ग्यारेन्टी छैन, २०६९ सालदेखि भाडा समायोजन नै भएको छैन् ।’

रामेछाप खाँडादेवी गाउँपालिका ७ का पूर्ण तामाङ विगत सातबर्षदेखि जीविकोपार्जनका लागि काठमाडौंमा ट्याक्सी गुडाइरहेका छन् । कतारमा पनि उनले पाँचबर्ष जति सवारी चलाए । उनले भने,‘ट्याक्सी चालक सबै खराब हुँदैनन्, हामीलाई ठग, लुटेर भन्छन्, ‘ससुराली जाँदा पनि अप्ठेरो हुनेभयो ।’

बैज्ञानिक भाडादर हुनुपर्ने पूर्ण तामाङको माग छ । उनले भने, ‘ट्याक्सीहरुले चढ्यो कि १४ रुपैंयाँ र प्रतिकिलोमिटर ३९ रुपैंयाँ लिनुपर्ने हुन्छ, जुन २०५९ सालदेखि अहिलेसम्म यही लागु छ, यसले गर्दा हामी निकै पीडित छौं, मंहगी बढ्यो तर भाडा समायोजन भएन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...