नेपालमा अब कोही पनि गरिव हुँदैनन: प्रधानमन्त्री ओली

Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षदेखि जाडोले कठ्यांग्रिएर कसैको मृत्यु नहुने दावी गरेका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को आज काठमाडौंमा तेस्रो श्रम संसदको उद्घाटन गर्दै उनले शीतलहरबाट तराईका गरीबलाई जोगाउन तयारी भइसकेको बताएका हुन्

। प्रधानमन्त्री ओलीले नेपालमा अब कोही गरीब नरहने पनि जिकिर गरेका छन् । हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकलाई गरिबीबाट मुक्त गर्ने उनको दावी छ ।

प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबाट नरोकी गरीबलाई धनी बनाउने बताए । आफूले आधा शताब्दीभन्दा बढि लोकतन्त्रका लागि योगदान गरेको भन्दै उनले अधिनायकवाद ल्याउँछ भनेर आतंकित नपार्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...