सडक निर्माणमा स्थानीयको अवरोधपछि झडप, ९ जना नियन्त्रणमा

Sadak nirman abarodh

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–७ मेलेनाउलीमा सडक निर्माणको विषयमा विवाद हुँदा झडप भएको छ । सो झडपमा परी केही घाइते भएका छन् ।

मेलैनाउली–तिल्केझार–मनकोट विद्यालय हुँदै मनकोट गाउँ पुग्ने सडक निर्माणको क्रममा मेलैनाउलीमा स्थानीयले अवरोध गरेका थिए । सो क्रममा प्हरी ९ जनालाई नियन्त्रणमा लिएको छ ।

सडक निर्माणमा स्थानीयले गरेको अवरोध हटाउन खोज्दा प्रहरीमाथि नै आक्रमण भएको प्रहरीको भनाई छ । प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
चौरजहारी नगरपालिका–४ का निरक भण्डारी, प्रकास भण्डारी, चन्द्रबहादुर खड्का, वडा नम्बर ८ का २८ सविन बुढाथोकी र बालाराम जैसी, चौरजहारी नगरपालिका–७ का बीरबहादुर कुमाल, शंकर जैसी, खेमराज जैसी र वडा नम्बर १ का नरेश लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणका कारण प्रहरी हवल्दार निर्मला विक र प्रहरी जवान टेकबहादुर बस्नेत घाइते भएका छन् । विकको ढाडमा र बस्नेतको ढाड र घुँडामा चोट लागेको छ । घाइते दुवैजनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...