पूर्वी क्षेत्रमा भारी हिमपात, सोलुखुम्बुको तापक्रम पुग्यो माइनस १८ डिग्री

Purbama himpat 1

काठमाडौं । नेपालको पूर्वी क्षेत्रमा लामो समयपछि हिमपात भएको छ । सोसँगै चिसो पनि अधिक रुपमा बढेको छ ।

शुक्रबार दिउँसो पूर्वी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङका हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।

हिमपातले गहुँ, आलुजस्ता हिउँदेबालीमा नराम्रो असर पुगेको छ । हिउँ परेपछि अहिले तापक्रम पनि निकै घटेको छ । चिसोले ग्रामिण भेगका बृद्धबृद्धा, केटाकेटीको स्वास्थ्यमा असर पुगेको छ । चिसोले गर्दा हाडजोर्नी, टाउको, घाँटीका विरामी थप मारमा परेका छन् ।

धनकुटाको हिले, पाख्रिबास, सिधुवा, चित्रे लगायतका क्षेत्रमा दिउँदो भारी हिमपत भएको छ ।

हिमपातका कारण तेह्रथुमको बसन्तपुर बजार, तिनजुरे, मिल्के लगायतका क्षेत्र हिउँले सेताम्य भएको छ । पहाडी क्षेत्रमा हिमपात भएपछि तराईका जिल्लाबाट दिउँसो हिउँ खेलन पहाड चढ्नेको लर्काे नै लागेको थियो ।

झण्डै ६ वर्षपछि परेको बाक्लो हिमपातले भोजपुरको उत्तरी तथा पश्चिमी क्षेत्रका ग्रामिण भेगमा चिसोले जनजीवन कष्टकर बनेको हो । हिमपातले गहुँ, आलुजस्ता हिउँदेबालीमा नराम्रो असर पुगेको छ । शुक्रबार दिउँसो परेको हिमपातले जिल्लाको दोभाने, खाटाम्मा चौकी डाँडा, किमालुङ, तिम्मा, छिनामखु, गुप्तेश्वर, सिद्देश्वर हेलौँछा, बोखिमलगायत उच्च भेगको जनजीवन कष्टकर बनेको छ ।

हिमपातले छिनामुखका रिमचिम, दावाँबजार, काफ्ले, धापखक, सुन्तलेलगायतका तल्लो भेगसम्म बाक्लो हिउँ जमेको थियो । गएको वर्ष हिमपात नपरेको भोजपुरमा यसपटकको बाक्लो हिमपातले टेम्के डाँडा, मैयुङ क्षेत्र, हाँसपोखरी, सातोबाटो, साल्पा, सिलिचुङ जस्ता प्रमुख पर्यटकीय क्षेत्रहरु सेताम्मे बनेका छन् ।

हिमपातका कारण सोलुखुम्बुमा शुक्रबार यो वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ । सल्लेरी तथा आसपासका क्षेत्रमा शुक्रबार सामान्यदेखि हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।

हिमाली जिल्ला सोलुखुम्बुमा शुक्रबारको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्ममा झरेको छ । सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा आधिकारीक मौसम मापन केन्द्र नभए पनि एभरेष्ट भ्यू होटलको तथ्यांक अनुसार शुक्रबारको त्यहाँको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्म पुगेको छ ।

यता, दोलखाको जिल्लाको विभिन्न भागमा हिमपात भएको छ । हिमपातले जिल्लाको जनजीवन प्रभावित भएको छ । जिरी, च्योर्दोङ, शैलुङ, कालिञ्चोक, खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

आन्तरिक तथा बाह्य पयर्टक हिउँ खेल्न हिमपात क्षेत्रमा पुगिसकेका छन् । हिमपातसँगै उच्च पहाडी क्षेत्रका किसान उत्पादन बढ्ने खुशीले उत्साहित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...