अंग्रेजी नयाँ बर्षमा अनलाइन टिकट काट्दा निःशुल्क यात्रा गर्न पाइने

Bus sewa new

काठमाडौं । ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अबसरमा निःशुल्क बस यात्रा गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

कम्पनीले यो योजना डिसेम्बर ३० तारिखदेखि जवनरी २ तारिख २०१८ सम्म लागु हुने यो अवधिमा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक पाएर निःशुल्क यात्रा गर्न र अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् ।

योजनाबारे बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार नयाँ वर्ष मनाउन पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रमा जाने प्रचलन रहेको भन्दै यात्रुहरूका लागि यो अफर ल्याइएको हो । अन्य यात्रुहरूले भने अनलाइनबाट टिकट काट्दा नियमित रूपमा पाउँदै आएको १७ प्रतिशतसम्म क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् र नेपालका कुनै पनि गन्तव्यको अनलाइनबाट पिटकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, बससेवा मोबाईल एप्स्, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ ।

मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...