अस्ताए चर्चित लोक गायक बुद्धिकृष्ण लामिछाने

Buddhi krishna lamichhane 1

काठमाडौं । ‘घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीतका चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ ।

भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछानेको ६६ वर्षको उमेरमा उनको निधन भएको हो । उनी २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३ मा जन्मिएका थिए ।

उनी लामो समयदेखि अस्वस्थ थिए । पछिल्लो समय निमोनिया भएपछि उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । सात बर्षदेखि उच्च रक्तचाप, मधुमेह, मूत्रप्रणाली सम्बन्धी समस्या र टाउकोमा रगत जमेका कारण औषधी खाँदै थिए ।

उनले लोक गायकको रुपमा लामो समयसम्म रेडियो नेपालमा काम गरेका थिए । उनले हिजो आजका कुरा , तितो सत्य लगायतका नेपाली टेलिशृङ्खलाहरुमा पनि अतिथी भूमिका निर्वाह गरेका थिए ।

उनका २ छोरा, ३ छोरी र श्रीमती छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...