मलेसियामा दुई नेपालीको मृत्यु
काठमाडौं । मलेसियाको सिन कावाङ प्लाष्टिक कम्पनीमा काम गर्ने दुई नेपालीको मृत्यु भएको छ ।
बिहीबार बिहान रासायनिक ट्याङ्की सफा गर्ने रसायनको गन्धले बेहोस भएका रौतहटका सन्तोष यादव ट्याङ्कीभित्र खसेका थिए । उनको उद्धारका लागि गएका चुरा दर्लामी मगर पनि सो गन्धले बेहोस भएका थिए ।
रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको मृत्यु भएको थियो । अहिले कामदारको सुरक्षा हुनुपर्ने, मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कामदारले कम्पनीमा हडताल गरेका छन् ।
प्रतिकृया दिनुहोस