रौतहटका व्यापारीले गराएर अनिश्चितकालीन बजार बन्द
रौतहट । रौतहटका व्यापारीहरुले रौतहट सदरमुकम गौरका व्यवसायीले अनिश्चितकालीन बजार बन्द गराएका छन् ।
खरिद बिक्रीको बिल विजक हुँदाहुँदै पनि प्रहरीले व्यापारीको मालसामान जफत गरेको भन्दै उद्योग वाणिज्य संघ रौतहटले बजार बन्द गराएको हो ।
भारतसँग सीमा जोडिएका सीमावर्ती क्षेत्रका गाउँहरुमा बिल भर्पाइसहित मालसामान लैजाँदा प्रहरीले नियन्त्रणमा लिएर व्यापारीलाई दुःख दिएपछि बाध्य भएर बन्द गरेको व्यावसायीको भनाई छ । उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित जयसवालले सरकारलाई कर तिरेर भ्याट बिलसहित व्यापार गर्दा पनि पटक पटक प्रहरीले बदमासी गरेको र बिलबिजकको कुनै मतलबनै नगरी सामानहरु राजस्व कार्यालय तथा गौर भन्सार कार्यालयमा बुझाएर अनावश्यक रुपमा दुःख दिएको आरोप लगाए ।
गौरको विपी चोकको पुष्पा ट्रेडर्सबाट रौतहटको इशनाथ ४ मा रहेको नवल स्टोर्सका लागि पठाइएको १९ क्वीन्टल केराउ प्रहरी चौकी औरैयाले नियन्त्रणमा लिएपछि व्यापारी आक्रोसित बनेका थिए ।
जिल्लाको एक ठाउँबाट अर्को ठाउँमा बिलबिजक सहितको सामान पठाउँदासमेत प्रहरीले अनावश्यक दुख दिएको भन्दै संघले जिल्ला प्रशासन कार्यालयमा गुनासोसमेत गरेको छ । त्यसैको विरोधमा बजार बन्द गराएको हो ।
व्यवसायीले कानुनले दिएको छुटको गलत फाइदा उठाएएर खपतको मात्रा भन्दा अत्याधिक मात्रामा केराउ लगायतका अन्य सामग्री भारतीय सिमाना नजिकका गाउँहरुमा लैजान थालेपछि निगरानी बढाएको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस