अकोनकागुवा शिखरमा रिचार्जरको झन्डा

Recharge jhanda farar

काठमाडौं । नेपाली आरोही नवीन मगरले दक्षिण अमेरिकाको अकोनकागुवा शिखर आरोहण गरेका छन् ।

मगरको शिखर आरोहणका क्रममा सबैभन्दा बढी सेवा समेटिएको मोबाइल एप रिचार्जरको नयाँ भर्सन अपडेटसँगै रिचार्जरको लोगो अंकित झण्डा शिखरमा फहराइएको छ ।

२३ वर्षीय मगर रिचार्जरका ब्राण्ड एम्बेसडर पनि हुन् ।

मगरले रिचार्जरको लोगो अंकित झण्डा डिसेम्बर १८ का दिन दक्षिण अमेरिकाको ६ हजार ९ सय ६२ मिटर अग्लो अकोनकागुवा शिखरमा फहराएका हुन् । नेपालबाट हिडेको १२ दिनमै सफल आरोहण गरि नेपाल फर्किएका मगरलाई ग्लोबल की टेक्नोलोजी रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरे ।

मगरले विश्वको सर्वोच्च शिखर सगरमाथासँगै ४ मुलुकका हिमशिखरमा रिचार्जरको लागो अंकित झण्डा फहराई सकेका छन् । ‘एप एक सुविधा अनेक’ भन्ने नारालाई केन्द्रमा राखेको मल्टीफंसन अनलाइन सपिङ हब रिचार्जरमा जुनसुकै सेवा तथा उत्पादन सेवाग्राहीले तुरुन्तै पाउने छन् । नेपाल बाहिर बसेका सेवाग्राहीले पनि यो एप प्रयोग गर्न सक्छन् ।

नेपालको व्यापार सेवालाई प्रविधि मैत्री बनाउने लक्ष्यका साथ सेवा सुरु गरेको रिचार्जरबाट विभिन्न किसिमका बिलहरु सहज रुपमा भुक्तान गर्न सकिन्छ । बिल तिर्दा तथा सामान खरिद गर्दा २० बढी वाणिज्य बैंकहरुको मोबाइल, इ बैंकिङका साथै इसेवा तथा भिसा र मास्टर कार्डबाट भुक्तान गर्न सकिन्छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...