उपत्यकामा तापक्रम घटेको घट्यै, पुग्यो १.४ डिग्री

Chiso badhyo

काठमाडौं । काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम फेरि घटेको छ । बिहिबार बिहान ५.५ डिग्री मापन गरिएको तापक्रम शुक्रबार घटेर १.४ डिग्री सेल्सियसमा झरको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद शान्ति कँडेलले बिहान ५ः ४५ बजे १.४ मापन भए पनि शुक्रबारको न्यूनतम तापक्रम अझै घट्न सक्ने र अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको बताईन् ।

बिहिबार न्यूनतम तापक्रम ५.५ र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस मापन गरिएको थियो । चिसो हावा चलेपछि बिहिबार काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस गरिएको थियो । तर शुक्रबार भने बिहिबारको जस्तो चिसो हावा नचल्ने मौसमविद कँडेलले जानकारी दिईन् ।

पश्चिमि वायुको प्रभावका कारण मौसमी गतिविधिमा फेरबदल भइरहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...