राप्रपा राष्ट्रवादीले बनायो पृथ्वी जयन्ती मनाउन समिति
काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) ले २९७ औं पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य रुपमा मनाउने भएको छ । त्यसका लागि पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा १०१ सदस्य मुल आयोजक समिति गठन गरेको छ ।
राप्रपा राष्ट्रवादीका केन्द्रिय पदाधिकारी र सदस्य रहेको सो मुल आयोजनक समितिअन्तर्गत विभिन्न उपसमितिहरु गठन गरेको छ । जसमा महामन्त्री भरतजंग उप्रेती संयोजक रहेको व्यवस्थापन उपसमितिमा सहमहामन्त्री मिना शाही, केन्द्रिय सदस्य तेज खरेल, वैकुण्ठ भण्डारी, इस्वर थापा, आकेस ज्ञानेश्वर भट्टराई, आकेस सविना श्रेष्ठ सदस्य रहेका छन् ।
त्यसैगरी केन्द्र्रिय सदस्य श्याम खडका संयोजक रहेको आर्थिक उपसमिति बनाइएको छ । निमन्त्रणा उपसमितिमा पूर्व सहायक रथि खडग मल्ल संयोजक, डा. यादव ढुङाना, केदार फुयाल, तारा सापकोटा, राजु नगरकोटी सदस्य छन् । संचार उपसमितिमा उपाध्यक्ष तारानाथ लुइटेल संयोजक र सहप्रवक्ता जनकराज पाठक सदस्य रहेका छन् ।
स्वागत उपसमितिमा महिला विभाग प्रमुख किरण मल्ल संयोजक, आकेस सविना श्रेष्ठ, महिला विभाग सदस्य गंगामाया तामाङ सदस्य रहेका छन् भने स्वयम सेवकमा राष्ट्रिय युवा शक्तिका अध्यक्ष राजु लोहनी संयोजक र विद्यार्थीका अध्यक्ष रविन थापा सदस्य छन् ।
राष्ट्रवादीले सोहि दिन आफ्ना ७७ ओटै जिल्ला कार्यसमितिलाई पृथ्बी जयन्ति जिल्लामै मनाउनसमेत निर्देशन दिएको छ । सो दिन केन्द्रमा विहान ११ बजे पृथ्बीनारायण शाहको शालिकमा माल्यार्पण गरि दिनको १ बजेदेखि शुभकामना आदान प्रदान र चियापानको कार्यक्रम आयोजना गरिएको सहप्रवक्ता जनकराज पाठकले बताए ।
प्रतिकृया दिनुहोस