राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलालाई पित्रृ शोक
काठमाडौं । राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलालाई पित्रृ शोक परेको छ । राईका बुबा मानबहादुर राईको आज राती १ बजे निधन भएको हो ।
राईको ७१ वर्षको उमेरमा ओखलढुङ्गा हिलेपानीस्थित आफ्नै घरमा निधन भएको ब्याकुल माइलाले सामाजिक सञ्जालमा पोष्ट गर्दै पुष्टि गरेका छन् ।
२००४ साल असोजमा जन्मिएका राई समाजसेवी हुन् । उनी २० वर्षसम्म स्थायी शिक्षण सेवा गरी निवृत्त भई गाविस अध्यक्ष र जिल्ला विकास समिति सदस्य भएका थिए ।
राई केही वर्षदेखि हेमाटोमा र मधुमेह रोगबाट पीडित थिए ।
प्रतिकृया दिनुहोस