लापरवाहीको यो सीमा, मान्छे मर्दा पनि सरकारी बधाई !
काठमाडौं । लापरवाहीको पनि सीमा हुन्छ । त्यसमा पनि मृत्यु जस्तो संवेदनशील कुरामा बधाई दिनु कहासँम्मको लापरवाही हो ? यस्तै लापरवाही भएको छ सरकारी तवरबाट ।
इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले शोक बक्तव्य दिनुपर्नेमा बधाई दियो । यसलाई अधिकांसको मनमा सरकारी लापरवाहीप्रघि घृणा जागेको छ ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपति कार्यालयको हवाला दिँदै जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा ‘बधाई’ दिएको छ ।पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुःख व्यक्त गरेको उल्लेख छ । उद्दार तथा राहत अभियान सफल होओस् भन्ने सदीक्षा पनि राष्ट्रपतिले राखेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ‘बधाई सन्देश पठाएको’ लेखिएको छ ।
यता, परराष्ट्र मन्त्रालयले इन्डोनेसियामा गएको सुनामी सम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने कर्मचारीमाथि कारबाही सुरु गरेको छ ।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै परराष्ट्रले सम्बन्धित अधिकारीमाथि कारबाही सुरु भएको बताएको हो । ‘त्रुटी कसरी हुन गयो भन्नेबारे सम्बन्धित अधिकारीसँग स्पष्टिकरण माग गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’
सँगै मन्त्रालयले राष्ट्रपतिले इन्डोनेसियााका राष्ट्रपतिलाई पठाएको सन्देशमा त्रुटी भएको नभइ मन्त्रालयबाट त्रुटी भएको प्रष्ट पारेको छ ।
प्रतिकृया दिनुहोस