सोनावागढमा भेटियो गुप्तकालीन ईटा
कपिलवस्तु । लुम्बिनी बिकासको पुरातत्व बिभागले सोनावागढ क्षेत्रमा उत्खन्न गर्दा गुप्तकालिन इँटाहरु भेटिएका छन् । तीन दिनदेखि जारी उत्खन्नमा बिभिन्न गुप्तकालीन इँटा तथा कलात्मक इँटाहरु फेला परेको हो ।
पुरातत्वविद हिमालकुमार उप्रेतीका अनुसार उत्खन्नको क्रममा घोडाका मुर्ती, माटोको भाडोका टुक्राहरु र सातौंदेखि नवौ शताब्दीका भग्नावशेसहरु फेला परेको हुन् ।
उत्खन्नको क्रममा शिव मन्दिरहरुमा बनाइने शिवको वहान भेटिएको शिबराज नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए । शिब मन्दिरको पश्चिम पट्टी हुने नन्दी भेटिएपछि सो स्थानमा शिव लिङसमेत हुन सक्ने उनले बताए ।
सोनावागढ क्षेत्रमा करिव १५ सय बर्ष पुराना सिक्काहरु भेटिएपछि सोनावागढको पुरातात्विक महत्व, इतिहास र संरचनाको जानकारीका लागि उत्खनन गर्न लुम्बिनी बिकास कोषसँग पहल गरेको कपिलवस्तुका प्रदेश सांसद अर्जुनकुमार केसीले बताए ।
संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भइसकेको छ । अहिले पनि सोनावागढ मन्दिर आसपास पुराना इँटाहरु छरप्रस्ट छन् । बुद्धसँग सम्बन्धित रहेको अनुमान गरिए पनि बुद्धसँग सम्बन्धित कुनै बस्तु फेला परेको छैन । उत्खन्नको क्रममा नन्दी फेला परेपछि प्राचीन समयको शिब मन्दिर हुनसक्ने अनुमान गरिएको छ ।
माधव बेल्वासेबाट
प्रतिकृया दिनुहोस