तीन देशका राजदुत फिर्ता, रिक्तमा नयाँ सिफरिस
काठमाडौं । सरकारले तीन देशका राजदूतहरु फिर्ता बोलाएको छ भने सरकारले विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको छ । सरकारले दक्षिण कोरिया, बंगालादेश र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
शुक्रबार र सोमबार बसेको मन्त्रिपरिषद्का बैठकले परराष्ट्र सहसचिव गणेश ढकाललाई थाइल्यान्ड, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघ जेनेभाका लागि स्थायी प्रतिनिधि, दीपक अधिकारी फ्रान्स, दुर्गा भण्डारी कुवेतका लागि सिफारिस गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रवृधिमन्त्री गोकुल बाँस्कोटाले यी देशहरुमा हाल हाल कार्यरत राजदूतलाई सम्बन्धित देशबाट नयाँ सिफरिस भएका राजदूतको लागि स्वीकृति पत्र (एग्रिमो) नआएसम्म सोही देशमै कार्यरत रहिरहने पनि निर्णय भएको जानकारी दिए ।
त्यसैगरी अष्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाको विषयमा भएको छानबिन पनि थाल्ने निर्णय गरेको छ । ‘त्यो निर्णय प्रक्रियामा गएको छ । परराष्ट्रमन्त्री र सचिव भर्खरै अमेरिकाबाट फर्किएको हुनाले अहिले अध्ययन भइरहेको छ । त्यसपछि निर्णय हुन्छ’ मन्त्री बास्कोटाले भने ।
लक्की सेर्पामाथि मानव बेचबिखनको आरोप लागेको थियो । जुन उनकै चालकले आरोप लगाएका थिए । उनलाई फिर्ता बोलाएर छानबिन गरिएको थियो ।
यतासरकारले दक्षिण कोरिया, स्पेन र बंगलादेशका लागि नेपाली राजदूतहरु अजुर्नजंगबहादुर सिह, भरतबहादुर रायमाझी र प्रा.डा. चोपलाल भूषाललाई २१ दिनको समय दिएर स्वदेश फिर्ता बोलाएको छ ।
प्रतिकृया दिनुहोस