सरकारले नै किन्ने भयो ३ सय विद्युतीय बस, सञ्चालन गर्न प्राधिकरण गठन
काठमाडौं । सरकारले अब काठमाडौं उपत्यकामा विद्युतीय बस चलाउने भएको छ । त्यसको लागि ३ सय वटा विद्युतीय बस सरकारले नै किन्ने भएको छ ।
यही कात्तिक ६ गतेदेखि उपत्यकामा विद्युतीय बस सेवा शुरु भएको थियो । साझा यातायात प्रालिले शुरु गरेको विद्युतीय बस सेवाको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर, सो बस अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । साझाको विद्युतीय बस सञ्चालनमा आउन नसकिरहेका बेला फेरि सरकारले ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
मन्त्री गोकुल बाँस्कोटाले बसहरू काठमाडौं उपत्यका र मुलुकभर विद्युतीय बस संचालन गर्न प्राधिकरण गठन गरिएको बताए ।
प्रतिकृया दिनुहोस