फरार अभियुक्त लुरुलुरु प्रहरीसामू आए, पक्राउपछि हत्कडीसहित किन भागे ?

Pakrau

काठमाडौं । जिल्ला अदालत परिसर काठमाडौंबाट हत्कडी लगाएकै अवस्थामा एक फरार अभियुक्त पुनः फरार भएका छन् ।

ठाडो उजुरीका आधारमा प्रहरीले बुधबार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई कार्यालय बोलाएको थियो । आफैं प्रहरी कार्यालयमा उपस्थित भएका तामाङ र निवेदक पक्षबीच छलफल हुँदै गर्दा तामाङ फरार अभियुक्त भएको सूचना प्रहरीले पाएको थियो ।

लगत्तै महानगरीय प्रहरी परिसरले जिल्ला अदालत काठमाडौंमा तामाङलाई बुझाएको थियो । प्रहरीले तामाङलाई अदालतको जिम्मा दिएर फर्किएलगत्तै उनी हातमा हत्कडी लगाएकै अवस्थामा भाग्न सफल भएका थिए ।

चोरी मुद्दामा तामाङविरुद्ध अदालतले २०७२ सालमा एक महिना १५ दिन कैद र ६ लाख ९० हजार जरिवानाको सजाय सुनाएको थियो । त्यसयता तामाङ भाग्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...