म्यानपावरले चर्को शुल्क लिएपछि टर्कीबाट फर्काइए ३०० नेपाली कामदार
काठमाडौं। म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ । म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारलाई रोजगारदाताले फिर्ता गरेको यो सम्भवतः पहिलो घटना हो ।
कामदार ल्याउँदा लाने सबै खर्च व्यहोरेको टर्कीको अंकारास्थित आइजिए एयरपोर्ट कम्पनीले म्यानपावर र दलालले ठूलो रकम असूल गरेको तथ्य फेला पारेपछि रकम तिर्ने कामदारलाई नै फिर्ता गरेको पीडितको गुनासो छ । विभिन्न चरणमा १०–११ महिना अघि टर्कीको त्यो कम्पनीले युरो नेपाल र एचआर म्यानपावरमार्फत एक हजार तीनसय ५० कामदार लिएको थियो ।
तीमध्ये तीन सय २० जनालाई फर्काइदिएको र अरु फर्कने क्रममा रहेको उदयपुर, बेलका नगरपालिका १ का किरण वान्तवाले बताउनुभयाे ।
प्रतिकृया दिनुहोस