अधुरै रह्यो नयाँ घरमा बस्ने नेपाल आइडल रविकी आमा विष्णाको सपना

Rabi od ki aama

कैलाली । पुस ६ मा रवि ओडले नेपाल आइडल जित्दा उनको परिवार मात्रै होइन, उनका समर्थकमा खुसीको वहार आएको थियो । तर, त्यसको ५ दिनपछि रवि ओडको परिवारमा बज्रपात परेको छ ।

रविले नेपाल आइडलको उपाधी कब्जा गर्दा वर्षौंदेखि गरिबी र बाध्यताले विदेसिएका रविका बुवा स्वदेश फर्किने योजना बुन्दै थिए । आधा जीवन झुपडीमा बिताएकी रविकी आमा विष्णाले झुपडीको बास फेरिने आसा गरेकी थिइन् । त्यति बेला उनले भनेकी थिइन्, ‘अब नयाँ घरमा बस्न पाइन्छ । अब हाम्रा खुशीका दिनहरु सुरु भए ।’

नेपाल आइडल जित्दै गर्दा खुशीका आँसु खसाएका रविका आँखा आज पीडामा रसाएका छन् । खुशीको दिन देख्न नपाउँदै विष्णाले सधैंका लागि आँखा चिम्लइन् । ८ वर्षको उमेरमा जन्म दिने आमा गुमाएका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले कर्म दिने आमालाई पनि गुमाउनुपरेको छ ।

बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भयो । उनको मृत्युपछि सारा नेपाली चिन्तामा परेका छन् । विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । उनै विष्णाले रविलाई हुर्काएकी थिइन् ।

बुधबार बिहान ७ बजे छिमेकीको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएकी विष्णादेवीलाई अत्तरियामा उपचार हुन नसकेपछि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याइएको थियो । सेती अञ्चल अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

गोदावरीघाटमा आमाको चितामा आगो लगाएर रविले सदाका लागि आमालाई बिदा गरेर घर फर्किए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...