काउलेका आगलागी पीडितलाई दिइयो राहत
प्युठान । ऐरावती गाउपालिका –३ काउलेमा भएको आगलागी पीडितलाई राहत वितरण गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय, रेडक्रस सोसाइटी र उद्योग बाणिज्य संघले राहत वितरण गरेको हो ।
मंगलवार साँझ भएको आगलागीले काउले गाउँको ५ घरधुरीका ३ दर्जन बढी घरबार विहीन बनेका छन् । स्थानीय तिले सार्की रमेश, लाली, लंक र रुमबहादुर सार्कीको घरमा आगलागी हुँदा झण्डै २० लाख बराबरको धनमाल जलेर नष्ट्र भएको थियो ।
जिल्ला प्रशासनले प्रत्येक परिवारलाई १०/१० हजार आर्थिक सहयोग गरेको छ । रेडक्रस र उद्योग बाणिज्य संघले आगलागी पीडित प्रत्येक परिवारलाई भाँडाकुँडा सेट, कपडा, कम्वल, त्रिपाल, दाल, चिनी, नुन, चामल लगायतका राहत सामाग्री वितरण गरेको छ ।
राहत वितरण कार्यक्रममा जिल्ला प्रशासन काकार्यलय प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, प्युठान प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकी, राष्ट्रिय अनुसन्धानका डिएसपी हेमन्त कार्की, शसस्त्र प्रहरी बल बिजुवार गुल्मका डिएसपी गोपाल अधिकारी, नेपाल रेडक्रस सोसाईटी प्युठानका मन्त्री दामोदर शर्मा, प्युठान उद्योग बाणिज्य संघका नबनिर्वाचित अध्यक्ष केदारमान कक्षपती लगायतको उपस्थिती थियो ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्दराज पोख्रेलले १र१ थान कम्बल प्रदान गरे । उनले ४५ दिनभित्र आगलागी पीडित परिवारलाई २/२ बण्डल जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे ।
प्रतिकृया दिनुहोस