लाटोकोसेरो ओसारपसारमा संलग्न २ जना पक्राउ

Latokosero 299x300

काठमाडौं । संरक्षित पंक्षी लाटोकोसेरो ओसारपसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र डिभिजन वन कार्यालय काठमाडौँबाट खटिएको संयुक्त टोलीले काठमाडौँ महानगरपालिका-३१ दीर्घशान्ति टोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा खोजी गर्दा जीउँदो लाटोकोसेरोसहित उनीहरु फेला परेका हुन् । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका-१२ बस्ने नकुल तामाङ र सर्लाहीको साविक नारायणखोला गाविस-४ घर भई हाल काठमाडौँ महानगरपालिका-३१ दीर्घशान्ति टोल बस्ने रङ्गबहादुर ब्लोन रहेको प्रहरीले जनाएको छ ।

अवैध रुपमा खरिद बिक्रीका लागि ओसारपसार गरी ल्याएको अवस्थामा सोमबार उनीहरुको साथबाट ती लाटोकोसेरोलाई उद्धार गरिएको हो ।

अवैध कार्यमा संलग्न उनीहरुलाई डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको छ भने उनीहरु विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा अगाडि बढाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...