आगलागीबाट ६० लाखको सामाग्री जलेर नष्ट

Aago lagi

रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर-८, माथिल्लो बजारमा बुधबार बिहान लागेको आँगलागीबाट ६० लाख रुपैयाँ बराबरको सामाग्री जलेर नष्ट भएको छ ।

आगलागीबाट रामेछाप नगरपालिका वडा नम्बर ७ मा रहेको छतिवने खानेपानी उपभोक्ता समितिले पाइप खरिद गरी ल्याएको झण्डै ६० लाख मूल्य बराबरको पीपीआर पाइप जलेर नष्ट भएको छ ।

त्यसैगरी आगलागीबाट रामेछाप बजारको टेलिफोनको मुख्य लाइन तार र विद्युतको तार समेत जलेर नष्ट भएपछि रामेछापमा बुधबार बिहानदेखि विद्युत सेवा अवरुद्ध हुन पुगेको छ भने ल्यान्डलाइन टेलिफोन समेत ठप्प भएको छ ।

पुरानो सदरमुकाम रामेछापको माथिल्लो बजारस्थित छतिवने खानेपानी उपभोक्ता समितिले स्टोर गरी राखेको ठाउँमा आगलागी भएको थियो । आगलागी के कसरी लागेको हो भन्ने खुल्न सकेको छैन् ।

स्टोरमा अकस्मात आगलागी भएपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानिय नागरिकहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...