सेल-पे सेवालाई राष्ट्र बैंकद्वारा अनुमति

Cell pay 536x300

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमले संचालनमा ल्याउन लागेको सेल-पे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ ।

यसले अनुमति गत मंगलबार प्राप्त गरेको हो । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सेल-पे सेवामा अन्तर्राष्ट्रिय स्तरको पीसीआइ डीएसएस सुरक्षा प्रणाली अपनाइएको छ ।

सेल-पेबाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टेलीभिजन, ईन्टरनेट महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिने छ ।

यो सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने छ । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...