युवकको हत्या हत्यामा संलग्न दुई पक्राउ

Pagal haru

सर्लाही । युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बरहथवा नगरपालिका-५ का रामविलास महतोका ३० वर्षीय छोरा मालिक महतोलाई हत्या गरेको आरोपमा प्रहरीले सोही वडाका ३० वर्षीय धनेश्वर महतो र बागमती नगरपालिका-८ शङ्करपुरका २६ वर्षीय रवीन्द्र महतोलाई इलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बीभत्स ढङ्गले टाउको क्षतविक्षत गरी हत्या गरिएको अवस्थामा यही पुस ७ गते घरभन्दा एक किलोमिटरको दूरीमा सोतीखोला चोरनिया पुलनजीक शव फेला परेको थियो । महतोको जग्गा खरीद बिक्री गर्दा भएको नाफा बाँडफाँडको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीले खुलासा जनाएको छ । मृतक महतोको नातामा भिनाजु पर्र्ने सोही ठाउँका पक्राउ परेका धनेश्वरको योजनामा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हालसम्मको अनुसन्धानबाट धनेश्वरले रवीन्द्र र अर्का एक व्यक्तिको प्रयोग गरेर तीन हजार रुपैयाँ दिई हत्या गर्न लगाएको खुलेको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । हत्यामा संलग्न अर्का व्यक्तिको पनि पहिचान भइसकेकाले खोजी भइरहेको उनले जानकारी गराए ।

जग्गाको कारोवारका साथै बागमती नगरपालिका-३ जिरायतमा निजी विद्यालयसमेत सञ्चालन गरेका महतोको उखु काट्न प्रयोग हुने धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ । प्रहरीले हत्यामा प्रयोग भएको एक थान हतियार, एउटा मोटरसाइकल र रवीन्द्रले हत्या गर्दा लगाएको रगत लतपतिएको कपडासमेत बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...