भारतबाट फर्किएला त ३३ केजी सुन ?

33 kg sun

काठमाडौं । मंसिर २१ मा भारतको कोलकातामा ३३ किलो सुन र दुई नेपाली समातिँदा नेपालले ठूलै उपलब्धि ठानेको थियो । तर, त्यो सुन फर्काउन भारतले असमर्थता जनाउँदा नेपालको हातमा शुन्य उपलब्धी हुने देखिएको छ ।

भारतमा बरामद सुन चूडामणि उप्रेती ‘गोरे’ को समूहले २०७४ माघ ९ गते काठमाडौँ भित्र्याएपछि हराएको भनिएको थियो । त्यसपछि गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति बनाएको थियो ।

गोरेको समूहले मात्रै २०७० यता ३८ क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट भित्र्याएको दाबी समितिको छ । जसको मूल्य १७ अर्ब १ करोड ८० लाख रुपैयाँ हुन आउँछ । सोही सुन प्रकरणमा सनम शाक्यको हत्या भयो र सोही काण्डमा २०७४ फागुन १९ गते गोरेसहित र अन्य ६३ जनाविरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा चलाएको थियो । त्यसपछि पक्राउ परेका थप १५ जनाबिरुद्ध पनि यही प्रकरणमा मुद्दा चलाइयो। तर मुद्दा उच्च अदालत पुगेपछि अभियुक्तहरु धमाधम छुटे ।

आरोपीहरु छुट्ने क्रम पनि सुरु भएको अबस्थामा पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेर आफ्नो भूमिमा बरामद सुन फिर्ता नगर्ने बताएपछि नेपाली अधिकारीहरु निरास भएका छन् ।

कूटनीतिक पहल भए अनुसन्धानमा सहयोग गर्ने सन्देश भारतले दूतावासमार्फत नेपाल सरकारलाई पठाएको छ । यसबाट सुन तस्करीको अनुसन्धान प्रभावित हुने देखिएको छ । कोलकातामा बरामद भएको सुनमा पनि ‘दुबइ हलमार्क’ छ । तर भारतीय निकायले बरामद गरेकाले अनुसन्धानमा समस्या छ । भारतीय पक्षले यो सुन र पक्राउ परेका नेपालीमाथि अनुसन्धान गर्न दिल्लीको आदेश चाहिने जानकारी दिइसकेको छ ।

को को छुटे ?
सोही प्रकरणमा संलग्न भनिएकाहरु धमाधम छाडिएका छन् । उच्च अदालत विराटनगरले प्रहरी जवान विष्णुबहादुर खड्कालाई धरौटीमा छाड्यो । अम्बरहादुर थापा, पूर्व डीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसीलाई साधारण तारेखमा छाडिसकिएको छ ।

उच्च अदालतको आदेशमा आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य र अर्का व्यवसायी विमल पोद्दार पनि रिहा भइसकेका छन् ।

तर, भारतले सो सुन फिर्ता नदिने संकेत गरेपछि सरकारले कटनीतिक पहल गर्नुपर्ने अवस्था आएको छ । यदी सरकारले उचित पहल गरने भने सु प्रकरण ‘हात्ति आयो हात्ति आयो, फुस्स’ हुन बेर छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...