स्कुटर र मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु

Accident logo

सुनसरी । कोशी गाउँपालिका-८ तिनकुने चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

सोमवार दिउँसो पश्चिम बाट पूर्व तर्फ आईरहेको को ११ प ९८६६ नम्बरको स्कुटर र पूर्व बाट पश्चिम तर्फ गईरहेको को ३६ प ६८०२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा स्कुटर चालक बराह नगरपालिका-५ कालाबंञ्जरा बस्ने ४० बर्षको रामदेब ठाकुर गम्भीर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि तत्काल ईनरुवा अस्पताल पठाईएकोमा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अर्का मोटरसाईकल चालक, मोटरसाईकल र स्कुटर सिमा प्रहरी चौकी भाण्टावारीको नियन्त्रणमा रहेका छन् भने शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवामा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...