प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीसँग विवाद, महिलाको मृत्यु
सप्तरी । रामगढ गाउँपालिका १ मा प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीहरुसँग विवाद हुँदैगर्दा हृदयाघात भई एक महिलाको ज्यान गएको छ ।
घटनामा ४५ बर्षीया सविता झाको मृत्यु भएको हो । महिलाको हृदयाघातका कारण मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ ।
प्रहरी र विद्युतका कर्मचारीहरु विद्युत चुहावटसम्बन्धी अनुगमन गरिरहेका बेला स्थानीयसँग विवाद भएको थियो । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस